चिनियाँ मोबाइल कम्पनी भिभोले भिभो–वाई ४०० प्रो सार्वजनिक गर्ने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन आगामी साता सार्वजनिक गर्ने भएको हो।
फोनमा ६.७७ इञ्चको एमोलोइड डिस्प्ले जडान गरिएको छ। फोनको पछाडि भागमा दुइटा क्यामरा छन्। जसमा ५० मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको सहायक क्यामरा छ।
त्यस्तै, ३२ मेगापिक्सलको सेल्फी क्यामरा छ। फोनमा पाँच हजार पाँच सय एमएएच क्षमताको ब्याट्री साथै ९० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले फोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेजमा किन्न सक्नेछन्। फोनको सुरूआती मूल्य २० हजार भारू हुने अनुमान लगाइएको छ।