सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले प्रविधि उत्सव ‘टेक एक्सः एलिभेट २०२५’ को तेस्रो संस्करणको घोषणा गरेको छ।
यही असार ३२ देखि श्रावण ३ गतेसम्म चार दिन चल्ने यो विशेष कार्यक्रम कलेजकै परिसरमा सञ्चालन हुनेछ।
यो कार्यक्रमले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताका आयामहरूमा अभिव्यक्ति दिने एक उत्कृष्ट प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ।
यस पटकको संस्करण अझै इनोभेटिभ र प्रेरणादायी बन्ने आयोजकहरूले बताएका छन्। कार्यक्रममा २० भन्दा बढी रोबोटिक्स र एआई आधारित प्रोजेक्टहरू सार्वजनिक गरिने छ।
त्यस्तै, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २०ं स्टार्टअपहरूले आफ्नो नवप्रवर्तन, सोच र व्यवसायिक मोडेलहरू प्रस्तुत गर्नेछन्।
यसबाट नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखिनेछ।