लगातार दुई दिनमा २८ सय रूपैयाँले सस्तिएको सुनको भाउ बिहीबार भने बढेको छ।
बिहीबार प्रतितोला १३ सय रूपैयाँले मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा ३५ रूपैयाँले बढेको छ। बुधबार प्रतितोला २२ सय ५५ पैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,३३८.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३७.९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।