स्थानीय बजारमा सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला एक लाख ९७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २३ सय ६० रूपैयाँ तोकिएको छ। आइतबार यस्तो मूल्य २३ सय ५५ रूपैयाँ थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।