नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ।
शुक्रबाररातीबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो । पेट्रोलमा २ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ नियमले बढाएको हो ।
हवाई इन्धनमा ५ रुपैयाँ बढाएको आयल निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । मुल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७ रुपैयाँ पुगेको छ।
आयल निगमले यस अघि नै इन्धनको मुल्य बढाएपनि चुनाव आएको भन्दै आपुर्ति मन्त्री जयन्त चन्दले मन्त्रीले निर्णय फिर्ता लिन आयल निगमलाई निर्देशन दिएका थिए।