दसैंलाई लक्षित गर्दै अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वार्षिक अभियान ‘९.९ दसैं धमाका–बडा दसैं, बडा तयारी’ सुरु गर्ने घोषणा गरेको छ।
भदौ २४ देखि असोज ७ गतेसम्म सञ्चालन हुने यो सेलमार्फत उपभोक्ताले ७५ प्रतिशतसम्म छुट, निशुल्क डेलिभरी तथा १ लाख रूपैयाँ भन्दा बढी खरिदमा १० हजारसम्मका फ्ल्याट भौचर पाउनेछन्।
अभियान अन्तर्गत प्लेटिनम पार्टनरहरूबाट ७० प्रतिशत, गोल्ड पार्टनरहरूबाट ६० प्रतिशत र सिल्भर पार्टनरहरूबाट ४० प्रतिशतसम्म छुट पाउन सकिनेछ। साथै ५० भन्दा बढी अग्रणी ब्रान्डमा ५० प्रतिशत भन्दा बढी छुट उपलब्ध हुनेछ।
त्यस्तै, नविल, हिमालयन, सानिमा, प्रभु, ज्योति, महालक्ष्मी र गरिमा विकास बैंकसँगको सहकार्यमा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको छ।
दराजले यो अभियानमार्फत ग्राहकलाई छिटो डेलिभरी, सहज भुक्तानी, विश्वासिलो रिटर्न प्रणाली सहित फरक र लाभदायी किनमेल अनुभव दिने प्रतिबद्धता जनाएको छ।