इस्लिङटन कलेजले तीन विद्यार्थीलाई बेलायतमा पढ्न छात्रवृत्ति दिने भएको छ।
दिक्षान्त समारोहमा कलेजका अध्यक्ष शुलभ बुढाथोकीले स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डनको मेट्रोपोलिटन विश्वविद्यालयमा सूचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्न पूर्ण छात्रवृति घोषणा गरेका हुन्।
त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्यले खान, बस्न, हवाई टिकट र अध्ययन छात्रवृती पाएका हुन्।
उनीहरुले विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने कलेजले बताएको छ।
विद्यार्थीलाई पूर्ण अध्ययनका लागि उक्त कलेजले ३३ हजार पाउण्डको छात्रवृति पाउने अध्यक्ष बुढोथोकीले जानकारी दिए।
त्यसैगरी, सोही कलेजमा अध्ययनरत रसिला श्रेष्ठ र कोमल निरौलाले स्नातकोत्तर तह कलेजमै अध्ययन गर्न छात्रवृति पाएका छन्।
यसैबीच कलेजमा स्नातक तह पुरा गरेका ४ सय सय ४५ विद्यार्थी दिक्षित भएका छन्।
काठमाडौंमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको बताए।