आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्।
नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा ११० मत प्राप्त गर्दै भट्टराई अध्यक्ष चुनिएका हुन्।
उनका प्रतिद्वन्द्वी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत पाए।
निर्वाचनमा २४६ मत खसेको थियो। एक मत बदर भएको थियो।
उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यस्तै महासचिवमा कमल बस्नेत १३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी अच्युत पुरीले १०४ मत ल्याए।
शंकर पण्डित सचिवमा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै कोषाध्यक्षमा केशु लामिछाने १३३ मतसहित निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी ममता थापाले १०८ मत पाइन्।