सामसङले ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’ नेपालमा ल्याउने भएको छ।
दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगित विधा के–पप (कोरियाली पप) नेपालमा आएसँगै कोरियन संस्कृतिबाट आकर्षण भएका युवाका लागि यो एउटा अवसर भएको छ।
ब्ल्याक पिंक डान्स फेस्टिभल’ले संगित प्रेमीका लागि अवसर सृजना गरेसँगै सामसङको एअसि सिरिजका चार/चार वटा फोन जित्नसक्ने अवसर समेत ल्याएको छ।
त्यसमा सहभागि १० टिमले ५÷५ हजार रुपैयाँ भन्दा बढीका गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने भएका छन्।
आउँदो डिसेम्वर २८ मा काठमाडौंमा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागि हुन के पप सङ्गमा १ मिनेटको नाच रेकर्ड गरी सामसङको आधिकारिक वेवसाइटमा राख्नुपर्नेछ।
त्यसका लागि कम्पनीले डिसेम्वर २० सम्मको समय दिएको छ।
उपलब्ध भिडियोका आधारमा २२ डिसेम्वरमा १० व्यक्तिलाई छनौट गर्नेछ।
छनौट भएका १० प्रतिस्पर्र्धीले सामसङ नेपालको तर्फबाट ५/५ हजार भन्दा बढीको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
२८ डिसेम्वरमा आयोजना हुने फाइनल राउन्डमा ४ सय भन्दा बढी दर्शककाबीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पाउँनेछन्।
फाइनलमा पुगेका १० टिममध्ये टप थ्रि मा पर्ने टिमलाई विशेष पुरस्कार दिइने कम्पनीले बताएको छ।
जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ एअसि फोन, दोस्रो हुनेलाई सामसङ एपचासएस एफाइभपचासएस र तेस्रो हुनेलाई सामसङ एथर्टीएस फोन प्राप्त हुनेछ।
के पप दक्षिण कोरियाको संस्कृति झल्काउन शुरु गरिएको संगीतको एक विधा हो।
सामसुङले यसै बर्षदेखि नेपालमा उक्त अभियानको शुरुवात गरेको हो।