केएल दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ‘ज्ञान भूजा’ नेपाली बजारमा ल्याएको छ।
ज्ञान भूजा केएल दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल प्रालीबाट उत्पादन गरिएको हो।
वैज्ञानिक तवरबाट तयार पारिएको ज्ञान भूजा ४ सय ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको कम्पनीले बताएको छ।
ज्ञान भूजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरलगायत स्थानीय किराना पसलमा पाइन्छ।
विकास फ्लोर मिल प्रालीले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका उत्पादन विदेशमा समेत उपलब्ध गराएको छ।