चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा ‘सिनेप्लेक्स’ नामबाट मल्टिप्लेक्स (सिनेमा घर) संचालनमा आएको छ।
शुक्रबारबाट सिनेप्लेक्स संचालनमा आएको हो।
सिनेप्लेक्स सञ्चालकमध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधायुक्त रहेको बताए।
संचालनक चौधरीकाअनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन्।
स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिए।
चितवन र आसपास क्षेत्रका सिनेप्रेमीका लागि पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले बताए।
यो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ।