रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) ले हरेक नयाँ वर्षको अवसर पारेर पोखरा सडक महोत्सव आयोजना गर्छ।
यो वर्ष पनि पोखरा सडक महोत्सवको २१औं संस्करण आयोजना हुने भएको छ।
पुष १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ सम्म)२१औं ‘पोखरा सडक महोत्सव २०१९/२०’ आयोजना हुने भएको हो।
सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु पोखरा सडक महोत्सवका आकर्षण हुने रेवानले बताएको छ।
सडकमै खाऔं, सडकमै रमाऔं नारासहित पर्यटकीय केन्द्र लेकसाइड ३ किमि क्षेत्रलाई महोत्वमय बनाइने छ।
जहाँ पर्यटकले नाँच्न, गाउन, खान र संगीतमय वातावरणमा झुम्न पाउँने रेवानले बतायो।
‘विश्वको कुनै पनि कुनाको खानाको स्वाद लिन लेकसाइड आफैंमा काफी गन्तव्य हो पोखरा सडक महोत्सवका वेला झन् त्यो कुरा सार्थक हुन्छ’ रेवानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अन्नपूर्ण हिमशृंखलाको आँगन र फेवाताल किनारका महान् चाडपर्व नछुटाउन देशभित्र र वाहिरका सबै पाहुनालाई निम्तो समेत गरिएको छ।
रेवान पोखरा यस महोत्सवको आयोजक भएता पनि पोखराका विभिन्न क्लव, आमा समूह, सामाजिक संघसंस्था र स्थानीय र प्रदेश सरकारले समेत अपन्त्व ग्रहण गरेको छ।
मुलुकभित्र हुने मेला महोत्वमध्यमै सबैभन्दा धेरै पाहुना सहभागी हुने महोत्सव यही हो भन्ने रेवानको ठहर छ।