फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरूको व्यापारिक प्रदर्शनी शुरु भएको छ ।
जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकको दाबी छ ।
प्रदर्शनी कात्तिक २६ गतेदेखि मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ। अवलोकनकर्तालाई आकर्षित गर्न छाला जुत्तामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिनेछन्। प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
एशोसियसनले वर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ।
एशोसियशनले गत वर्षको माघ फाल्गुणमा पनि मेला आयोजना गरेको थियो। तर, हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ वर्षदेखि कारोनाका कारण स्थगित हुँदै आएको छ।