ठूलो डट कम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वलिटी (इमर्ज)ले संयुक्त रूपमा आयोजना गरेको १० महिने महिला सशक्तिकरण परियोजना सम्पन्न गरेको छ।
'उद्यमी उत्थान' अभियान अन्तर्गत "महिलाको नेतृत्वमा रहेका व्यवसायहरू र उपभोक्ताहरूको उत्थानशीलता" नामक परियोजना सम्पन्न भएको हो। यो परियोजनालाई युएसएडको तयार नेपाल- सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाबाट सहयोग मिलेको थियो।
परियोजनाताको नतिजाहरू सार्वजनिक गर्न र परियोजना सम्पन्न भएको घोषणा गर्न सन् २०२२ मे ११ मा एक हाइब्रिड कार्यशाला सञ्चालन गरिएको थियो।
इमर्जकी प्रमुख कार्यकारी अधिकृत डा. मोना श्रेष्ठ अधिकारीले परियोजना सफतापूर्वक सम्पन्न भएको बताउँदै महिलाहरूको व्यवसाय विस्तारका लागि आर्थिक सहयोग पुर्याउने बताइन्। उक्त कार्यक्रममार्फत महिलाहरूले विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे बुझेको समेत उनले बताइन्।
कार्यक्रमको विभिन्न चरणमा सहभागी महिलाहरूलाई नयाँ कार्य र तालिम दिइएको थियो।
युएसएड तयार नेपालकी प्रमुख ट्यामी ह्यारिसले ठूलो डट कम र इमर्जसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन्।
इमर्जकी कार्यक्रम निर्देशक अलिना उदासका अनुसार ‘बिल्डिङ रिजिलियन्ट बिजनेस’ शीर्षकको तालिम कार्यक्रममा कुल १२९ सहभागीहरू थिए। जसमध्ये २५ जना श्रवण र शारीरिक अपाङ्गता भएका महिलाहरू छन्।