श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसहित टोली आज भैरहवा जाँदैछ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारमा जाने युवाहरूको सहजीकरणका लागि टोली भैरहवा जाने भएको हो। टोलीले सो विमानस्थल हुँदै जाने युवाहरूलाई सरल र सहज सेवा दिन आवश्यक प्रबन्ध गर्ने मन्त्रालयले बताएको छ।
त्यहाँ वैदेशिक रोजगार कार्यालयसमेत विस्तार गर्ने तयारी मन्त्रालयको छ। म्यानपावर कम्पनीका शाखा तथा अभिमुखीकरण तालिम दिने संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू पनि विस्तार गरिने मन्त्रालयको योजना छ।