राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रबाट सञ्चालित 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियानलाई सहयोग गर्ने बताएकी छिन्।
मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने नीति लिएको बताएकी हुन्।