सरकारले आगामी वर्ष आठ सय किलो मिटर सडक निर्माण गर्ने बताएको छ।
त्यस्तै, दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष आठ सय किलो मिटर सडक निर्माण गर्ने र दुई सय किलोमटर सडक कालोपत्रे गर्ने भएको बताएकी हुन्।