सरकारले काठमाडौंमा चार वटा विपत लक्षित पार्क निर्माण गर्ने घोषणा गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा चारवटा विपत लक्षित पार्क निर्माण गर्ने घोषणा गरेकी हुन्।
साथै, उनले प्रदेशमा पनि विपत लक्षित पार्क निर्माण गर्ने नीति रहेको बताएकी छन्।