सरकारले आगामी वर्ष सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बताएकी हुन्।
त्यस्तै, राष्ट्रिय प्रसारण लाइन नपुगेको ठाउँमा पुर्याउन पहल गर्ने सरकारले नीति लिएको छ।