निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि लगानीको ढाँचा टुंगो लगाउने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण कार्य सुरू गर्ने गरी निजगढ विमानस्थलको लगानी तथा ढाँचा टुंगो लगाउने भएको हो।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यही वर्ष भित्रमा लगानीको ढाँचा टुंगो लगाई निर्माणको काम अगाडि बढाउने बताएकी हुन्।