बजेट तयारीमा रहेको अर्थ मन्त्रालयले बजेटमा राखिने नाराकै लागि विज्ञ टोलीको सहयोग लिइरहेको छ।
बजेटभन्दा केही दिन अघि प्रस्तुत भएका सरकारको नीति तथा कार्यक्रममा पनि केही नारा पारिएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको बजेटमा पनि केही नारा छन्।
नाराहरू:
- फर्म टू इनडष्ट्री (कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक क्षेत्रसँग जोड्ने कार्यक्रम)
- नेपालमै उद्योग, नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार (आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनको लागि)
- मेक इन नेपाल, मेड इन नेपाल अभियानलाई सहयोग (स्वदेशी उत्पादन प्रवर्द्धन र विस्तारको लागि)
- एक घर एक धारा (थप ४ लाख ६६ हजार जनसंख्यालाई मध्यम तथा उच्च स्तरको खानेपानी सेवा उपलब्ध गराउन)
- एक स्वास्थ रणनीति (प्रतिजैविक औषधीको प्रतिरोधलाई न्यून गर्ने उदेश्य)
- नागरिक जिउधनको रक्षा, सरकारको प्राथमिकता (राष्ट्रिय सुरक्षा व्यवस्थापनको लागि)