दरबार मार्गस्थित 'दिभान युनिसेक्स सलुन'ले जेठ १३ गते शुक्रबार जम्मा पाँच रूपैयाँमा हेयर कट र नेल सर्भिस दिने भएको छ। सलुनले आफ्नो पाँचौ वार्षिक उत्सवका अवसरमा पाँच रूपैयाँमा कपाल काट्ने र नेल सर्भिस दिने भएको हो।
दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुका अनुसार सलुनले यसभन्दा अघि पनि वार्षिक उत्सको अवसर पारेर पहिलो वार्षिक उत्सवमा एक १ रूपैयाँमा, दोस्रोमा दुई रूपैयाँमा सेवा दिएको थियो।
कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन। यसैबीच शुक्रबार भने पाँचौ वार्षिक उत्सव मनाउँदै दिभानले पाँच रूपैयाँमा सेवा दिन लागको हो।
वार्षिक उत्सवका दिन बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध हुनेछ। यस्तै वार्षिक उत्सवका अवरमा अन्य दिन पनि सम्पूर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिए।
दिभान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखि काठमाडौंको दरबार मार्गमा गुणस्तरको हेयर, नेल र ब्युटी सर्भिस दिइरहेको छ।