सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरिरहेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आइतबार बजेट प्रस्तुत गरिरहेका हुन्।
सरकारले यसपटक बेमौसमी वर्षाका कारण धानवाली र पूर्वाधारमा क्षति पुगेको र यसले आर्थिक वृद्धि लक्ष्यअनुसार नभएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
चालु आवमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।