दमक, मोतिपुर, दैजी र नौबस्तीमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरिने भएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन्।
यसबाहेक भैरहवा, सिमरा लगायत विशेष आर्थिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइएको छ।
पाँच खाल स्थित विशेष आर्थिक क्षेत्र निर्माण आगामी आर्थिक वर्ष भित्र सक्ने लक्ष्य राखिएको छ।
सुदुरपश्चिम क्षेत्रको हरैया र प्रदेश नम्बर एकको सुनसरीमा विशेष आर्थिक क्षेत्र निर्माण गरिने भएको छ। औद्योगिक पूर्वाधारको लागि सरकारले ३ अर्ब ७९ करोड रूपैयाँ छुट्याएको छ।