सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण व्यवसायीका लागि विदेशमा निर्माण व्यवसाय गर्न पाउने व्यवस्था गर्न लागेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गरिने व्यवस्था गर्न लागिएको बताएका हुन्। यसबाट सेवा निर्यातका थप असर सिर्जना हुने सरकारले विश्वास लिएको छ।