सरकारले निर्यात सम्भावना उच्च भएका वस्तुहरुलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।
अर्थमन्त्री शर्माले स्टिल, सिमेन्ट, क्लिंकर, फुटवेयर, प्रशोधित पिउने पानी ताथ सूचना प्रविधिमा आधारित सेवा तथा निर्यात प्रवर्धन गर्ने घोषणा गरेका हुन्।
जसमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै जानकारी दिएका हुन्।