सरकारले मासिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने भएको छ।
सरकारले औद्योगिक क्षेत्र विकास गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने र उत्पादन वृद्धि तथा निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापन गर्न मद्यत पुग्ने गरी मासिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने बताएको हो।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन्।