स्थानीय तहको लागत साझेदारीमा दुई सय १६ स्थानमा संचालित पर्यटन विकास कार्यक्रमका लागि ९० करोड रकम विनियोजन गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरिएको बताएका हुन्।
साथै, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोञ्जनात्मक तथा साहसिक पर्यटनका लागि हिलस्टेशन विकास गर्न प्रोत्साहन गरिने भएको छ।