सरकारले आगामी आर्थिक वर्ष थप सुख्खा बन्दरगाह निर्माण गर्ने योजना बनाएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कञ्चनपुरको चाँदनी दोधारा, डोल्पाको तिनजेधो, मुस्ताङको कोरला र महोत्तरीको जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण सुरू गर्ने बताएका हुन्।