सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ९ अर्ब ३८ करोड रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरिएको बताएका हुन्।
यसमा सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गर्ने, आन्तरिक हवाई सेवाको गुणस्तर विस्तार गर्ने, डडेलधुरा, बागलुङ विमानस्थलको स्तारोन्तनी गरिनेछ। त्यस्तै, नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक तथा नियामक निकायको रूपमा छुट्टाउने अर्थमन्त्रीले बताएका छन्।