राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ।
कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्ष एक हजार दुई सय सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधार सहितको विद्यालय भवन निर्माण गरिने भएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरिएको बताएका हुन्।
शिक्षकको क्षमता विकास, कार्यमुलक अनुसन्धान र परियोजनामा कार्यमा आधारित शिक्षण सिकाई र विद्यार्थीको क्षमतामा अभिवृद्धि गर्न वार्षिक कार्ययोजना कार्यक्रम संचालन गरिनेछ।