सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजा दिने व्यवस्था गरेकोे छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै यस्तो बताएका हुन्।
आर्थिक वर्ष २०७६/०७७ देखि नेपाल सरकारले सामुदायिक विद्यालयमा पढ्ने सबै शिशु कक्षादेखि कक्षा ५ सम्मका बालबालिकाहरूलाई राज्यको नियमित बजेटबाट दिवा खाजा कार्यक्रम सुरू गरेको थियो।