सरकारले कोभिड-१९ माहामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्र सम्बन्धित व्यवसायहरूको आर्थिक वर्ष २०७९/०८० को वार्षिक इजाजत र नविकरण दस्तुर छुट दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्ने क्रममा यस्तो बताएका हुन्।
साथै, उनले पर्यटन क्षेत्रको पुनरुथानका लागि प्रवाह हुने सहुलियत कर्जालाई निरन्तरता दिइने बताएका छन्।