आगामी आर्थिक वर्षसम्म सात सय १५ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्माणाधीन एक सय ११ मेगा वाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्तित ८६ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, ५४ मेगावाटको सुपरर्दोदी 'ख' र ४४ मेगावाटको सुपर मादी आयोजनाको निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षसम्म सात सय १५ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बताएका हुन्।