इस्लिङ्टन कलेजले आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आइटीलाई प्रेरणा र सशक्तिकरण गर्न 'फ्युचरामा २०२३' नामक तीन दिने प्राविधिक कार्यक्रम आयोजना गरेको छ।
बिहीबार सुरू भएको उक्त प्रदर्शनीमा आइएनजी समूहअन्तर्गतका इङ्लिसटन, इटहरी इन्टरनेसनलगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आइओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेनसम्बन्धी जानकारीमूलक विषयस्तु अवलोकनका लागि राखिएका थिए।
कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन र गोकार्ट जस्ता बुथहरू राखिएको थियो। जसले प्राविधिक विकासलाई देखाउने कलेजको भनाइ छ।
यस्तै, लाइभ डेमोमा ३०औं शताब्दीको कार रेस, लाइन फलोइङ, रोबोट, एनिमेशन लगायत समावेश थिए।