निमा एकेडेमीले स्कूल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेशन (एसटीएफपीइ) कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।
विद्यालयहरुलाई एकीकृत पाठ्यक्रम अडिट गर्न सघाउनका लागि स्कूल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेशन कार्यक्रम विस्तार गरेको हो।
सफल रुपमा विस्तार गरेको खुशीयाली कार्यक्रममा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान, शैक्षिक प्रमुख टिकाराम पोखरेल र कार्यक्रम प्रमुख तथा शिक्षाविद विकेश महर्जनले नेपालको अहिलेको शिक्षा क्षेत्रको अवस्थाबारे कुरा गरेका थिए।
यसबाहेक प्रगतिशील शिक्षा र विद्यालय रूपान्तरणको लागि बजारको आवश्यकताबारे पनि कार्यक्रममा छलफल गरिएको थियो।
निमा एकेडेमीको यो प्रोजेक्ट काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा विस्तार गरिएको छ।