सहसचिव तिर्थराज चिलुवालले उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।
यस अघि चिलुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।
हाल विभागमा महानिर्देशक रहेका गजेन्द्र ठाकुरलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा तानेको छ।
मन्त्रालयले ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयको रजिष्ट्रारमा सह सचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ। यस अघि आचार्य राष्ट्रिय सूचना आयोगमा थिए।
मन्त्रालयका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन तथा संस्थान महाशाखा, सहसचिव लीला प्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, सह सचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको कामकाज तोकिएको छ।
कोइराला औधोगिक तथा लगानी प्रवर्द्धन, शर्मा प्रशासन तथा संस्थान, कार्की बहुपक्षीय व्यापार तथा व्यापार सहायता तथा भुसाल योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा थिए।
त्यसैगरी, १९ जना उप सचिवहरुको समेत सरुवा तथा शाखागत जिम्मेवारी हेरफेर गरिएको छ।