ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस इन्टरनेसनल कलेजले बेलायतको प्रतिष्ठित किल विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बिएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।
काठमाडौंको आयोजित एक कार्यक्रममा बिएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुआत गरेको छ।
सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिस कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।
ब्रिटिस एजुकेसन ग्रुपका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए।
फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिस कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गरे।
यसै अवसरमा फिनटेक अलायन्स नेपालद्वारा ‘नेपालमा डाटा विश्लेषण प्रभावकारी उपयोग’ विषयमा प्यानल छलफल पनि सम्पन्न भयो।
यो कार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशा प्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको छ।
यस कार्यक्रमको लक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु हो।
आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिस कलेज वा ब्रिटिस इन्टरनेसनल कलेजमा सम्पर्क गर्न सक्ने आयोजकले बताएको छ।