नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी बनेको छ। सोमबार २ः१५ बजे मुग्लिन–नारायणगढ सडक खण्डको जलविरेनजिकै सामान्य पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार पहिरो पन्छाउने उपकरण परिचालन भइसकेको छ।
‘अबको करिब १ घन्टाभित्र डिभिजनको यान्त्रिक उपकरणबाट पहिरो हटाई सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा आउने जानकारी गराउँछौं,’ उनले भने।
यस क्षेत्रमा ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न उनले आग्रह पनि गरेका छन्। आइतबार तुइन पुलनजिकै पनि ढुंगासहितको पहिरो खसेर बाटो अवरूद्ध बनेको थियो।