सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष तथा कसमस सिमेन्टका सञ्चालक ध्रुव थापाले विद्युत बक्यौता विवादमा उद्योग वाणिज्य महासंघको पहलमा भएको प्रस्तावमा सबै उद्योगी सहमत रहेको बताएका छन्। 
हालै महासंघले प्रधानमन्त्री सहित गरेको संवादपछि बक्यौता महसुलको २८ किस्ता बराबरको रकमबाट आउने १ किस्ताको रकमलाई धरौटी राख्ने र कानुनी उपचारमा बाटो खोल्ने सहमति भएको छ। 
थापाले यो सहमतिले अहिलेको विवादको समाधान नभएपनि समाधान हुने बाटोमा गएको बताए। 
त्यस्तै, सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम सिमेन्टका सञ्चालक रघुनन्दन मारुले यो नयाँ प्रस्तावसँगै साढे ६ वर्षदेखिको विवादले विश्राम लिने अवस्था बनेकोमा खुशि व्यक्त गरे। 
उनले व्यवसायीहरूले बक्यौता तिर्न बाँकी छ भनेर भम्र फैलाइएको भएपनि कानुनी उपचारको बाटोमा जान सक्ने गरि नयाँ प्रस्ताव हुनु सकारात्मक रहेको उल्लेख गरेका छन्।