नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट, कोपाइलट, एयर ट्राफिक कन्ट्रोलर लगायतको मेडिकल परीक्षण गर्ने जनशक्ति तयार गर्न लागेको छ।
प्राधिकरणले ‘मेडिकल एसेसर्स र मेडिकल इक्जामिनर्स’ लाई तालिम दिन सुरू गरेको छ।
संसारभर यात्राका क्रममा स्वास्थ्य समस्याको कारण समेत विमान दुर्घटना हुन थालेपछि प्राधिकरणले यस्तो तयारी गरेको हो। उमेरअनुसार निश्चित समयमा विमान चालक दलहरूको स्वास्थ्य परीक्षण हुनुपर्ने नियम छ।
सोही अनुसार दक्ष जनशक्तिको अभाव रहेकाले तालिम दिन लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
‘धेरै दुर्घटनामा अहिले शारीरिक र मानसिक कारण जोडिएको देखिन्छ,’ उनले भने, ‘यसलाई मध्यनजर गरेर इयूको साउथ एसिया क्षेत्र र श्रीलंकाबाट ३ जना विज्ञ बोलाएर ३० जनालाई फ्लाइट सेफ्टी स्यान्डर्ड डिपार्टले आजबाट ३ तालिम सुरू गरेको छ।’
तालिम अगस्ट २८ सम्म हुनेछ। त्यसपश्चात प्राधिकरणले प्रशिक्षकहरूलाई सर्टिफाइड गर्नेछ। त्यसपछि ३० जना मेडिकल प्रोफेसरले उड्डयन प्राधिकरणसँग कम्तीमा ५ वर्षसम्म काम गर्नुपर्नेछ।