नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको समन्वयमा भदौ २४ गते (आज) देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न होटलसम्म तथा फर्कने गरी सटल बस सेवा सञ्चालन गर्ने भएको छ।
यस सेवाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले सहज रूपमा तोकिएका होटलसम्म पुग्न सक्नेछन्।
बोर्डका अनुसार प्रत्येक रुटमा यात्रुलाई सहयोग गर्न सहायक परिचालन गरिनेछ। तोकिएको मार्गअनुसार बस निरन्तर सञ्चालन हुने व्यवस्था गरिएको छ।
सटल बस सेवा हालका लागि तीनवटा रुटमा सञ्चालन हुनेछ।
पहिलो रूटअन्तर्गत सटल बस विमानस्थलबाट– एनएसी–नयाँ सडक हुँदै –होटल अन्नपूर्ण– होटल याक एण्ड यति– ठमेल चोक–लैनचौर चोक– होटल शंकर– होटल एम्बासडर हुँदै विमानस्थल पुग्नेछ। यसका लागि बस नं. ९१६, सम्पर्कः श्याम (९८४५५१५४७२) तोकिएको छ।
दोस्रो रूटअनुसार विमानस्थलबाट गौशाला सिफल–भगवतीबहाल हुँदै होटल हिल्टन–होटल म्यारियट–दरबारमार्ग–होटल रेडिसन– होटल सांग्रिला–नारायण गोपाल चोक –महाराजगञ्ज चोक–हायात रेजेन्सी–चाबहिल चोक–होटल द्वारिका–विमानस्थल पुग्नेछ। यसका लागि बस नं. ८६१, सम्पर्कः रोशन (९८५१३३८६१२)
तेस्रो रूटअनुसार विमानस्थलबाट तिनकुने चोक हुँदै होटल एभरेस्ट–माइतीघर चोक–होटल हिमालय–सेन्ट जेभियर्स स्कुल–होटल सोल्टी–होटल ग्राण्ड हुँदै विमानस्थल पुग्नेछ।
बोर्डले यो सेवाबाट यात्रुको आवत–जावत सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ।