सन् २०२५ को अक्टोबरमा १ लाख भन्दा बढी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका हुन्।
पर्यटकीय सिजन चलिरहँदा अक्टोबरमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ।
यससँगै २०२५ को १० महिनामा नेपालमा ९ लाख ४३ हजार ७१६ जना पर्यटक भित्रिएका छन्।
अक्टोबरमा आएका पर्यटकमध्ये १७ हजार भारतीय, १३ हजार अमेरिकी, ८ हजार बेलायती र ६–६ हजार चिनियाँ तथा जर्मन रहेका छन्।
पछिल्ला १० महिनामा सबैभन्दा धेरै भारतबाट २ लाख ४३ हजार पर्यटक आएका छन् भने त्यसपछि अमेरिका, चीन र बेलायतका पर्यटक क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।