चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित चन्द्रागिरि महोत्सवमा करिब एक लाख दर्शकको सहभागितामा बिहिबार सम्पन्न भएको छ ।
गत चैत २९ गतेदेखि आजसम्म आयोजित उक्त महोत्सवमा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट सर्वसाधारण सहभागी भएका थिए । उक्त कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धन तथा सम्पदा संस्कृतिका बारेमा जानकारी गराइएको थियो । काठमाडौँ उपत्यका भित्रने महत्वपूर्ण नाकाका रुपमा रहेको सो क्षेत्रमा भालेश्वर मन्दिर, आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुर युद्धमा मारिएका योद्धा कालु पाँडेको समाधिस्थल, इन्द्रदह, दहचोकलगायत रमणीयस्थल छन् ।
त्यस्ता सम्पदास्थलका बारेमा प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले जानकारी दिए। महोत्सवका आवसरमा आज राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता वासुदेव पौडेलललाई त्यस क्षेत्रको समाचार सम्प्रेषणमा विशेष योगदान पु¥याएबापत आज सम्मानसमेत गरिएको थियो ।