संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।
सभामुख ओनसरी घर्तीको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको सभामुखमा प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। बैठकमा तीनै पार्टीका अन्य नेताहरू पनि सहभागी छन्।
आज संसदमा नयाँ प्रधानमन्त्री चयन गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी एमालेले संसद अवरोध कायम राख्ने बताएपछि अहिलेसम्म बैठक बस्न सकेको छैन।
सभामुखले बिहान बोलाएको संसद बैठक दिउँसो तीन बजेका लागि सारेकी छन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुन नआएपछि तीन दलका शीर्ष नेताको बैठक पनि २ बजे सारिएको थियो।