भतरपुर महानगरको १९ वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार रिटमा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले सुनुवाइ गर्नेछ।
यसअघि आइतबार भरतपुर–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध भरतपुर १९का एमाले वडाध्यक्ष उम्मेदवार गुन्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट हालेका थिए।
निर्वाचन आयोगले गत शनिबार मतगणनाका क्रममा मत पत्र च्यातिएकाले भरतपुर– १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूले हार्ने निश्चि भएपछि भरपुरमा माओवादी केन्द्रले पुनः मतगणना गर्ने नियतका साथ मतपत्र च्यातेकाले आफूलाई पुनः मतदान मान्य नहुने बताएको छ। यही विषयमा उसले लगातार संसदमा पनि अवरोध गर्दै आएको छ।