बागलुङ कुश्मिसेरा सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम तिब्र गतिमा भैरहेको छ। कालिगण्डकी करिडोर सँग जोडिएको साविकको भकुण्डे ९ हाल बा.न.पा. १० गलुवाको दब्लाङबाट साविकको पैयुँपाटा ७ अर्थात बा.न.पा. १३ पैयुँपाटाको पाग्जा सम्म सडक कालोपत्रे कार्य तिव्ररुपमा अगाडि बढिरहेको छ ।
जयवावा गोरख/ओखल ढुंगा इन्जिनियर जेभिले जिम्मेवार लिई सडक कालोपत्रे कार्यलाई अगाडि बढाएको हो । साढे ५ मिटर चौडाई भएको सडकको गोलाई ६ मिटर सम्म आवश्यक अनुसार बनाएको जनाइएको छ।
गत आर्थिक वर्ष २०७२/०७३ मा सम्झौता भएको यस सडक खण्डलाई चालु आर्थिक वर्ष ०७३/०७४ को असार मसान्तमा सम्पन्न गरिने जयवावा गोरख/ओखल ढुंगा इन्जिनियर जेभिका ठेकेदार डिवि तामाङले बताए ।
हाल सम्म ८ सय मिटर निर्माण कार्य सम्पन्न भएको सडकको २२ सय मिटर बाकी रहेको ठेकदार तामाङले बताए । कालिकगण्डकी करिडोरको जिरो पोइन्ट देखि ३ किलोमिटर कुश्मिसेरा सम्म कालोपत्रे गरिने सडकमा ३ करोड ३१ लाख लागत रहेको डिभिजन सडक कार्यालय बागलुङका सव–इन्जिनियर चन्द्रकिसोर माझीले जानकारी दिए ।
सडक विस्तार संगै कालोपत्रे गरेपछि स्थानीय बासन्दिा पनि खुशी भएका देखिएका छन । दैनिक यात्रा, घरायसी सामाग्री लिनुको साथै सस्तो सरल रुपमा आस्मिक यात्रा गर्न पनि सहज हुने स्थानीय सुमित्रा रिजालले बताईन्।
सडक विस्तारका लागि बहुबर्षिय ठेग्का प्रक्रियाका लागि सांसद प्रकाश पौडेलले सडक विभागमा पहल गरी यो वर्ष ३ किलोमिटर कालेपत्रे हुँदैछ। स्थानीय स्तरमा उत्पादन भएका दुध, तरकारी तथा कृषिजन्य बस्तुको बजार व्यवस्थापन हुनुको साथै मनग्य आर्थिक आम्दानीको बाटो समेत खुलेको बताइएको छ ।