जिल्ला निर्वाचन कार्यालय भद्रपुर झापाद्वारा निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालना गराउन विर्तामोडस्थित आइतबार सरोकारवालसँग अन्तक्रिया गरिएको छ ।
एक दिने सो अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता थियो ।
सो अवसरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत इन्द्र योङहाङले निर्वाचन आचारसंहिता विषयमा प्रतिवेदन प्रस्तुत र मतदाता शिक्षाका लागि एक वृतचित्र पनि प्रस्तुत गरेका थिए।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गणतन्त्रको फल जनताको घरदैलोसम्म पुर्याउन स्थानीय तहको निर्वाचनले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचनको समयमा शान्ति सुरक्षालाई बलियो बनाउन प्रहरी प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने बताए। रासस