गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहेका काफ्लेले आजैबाट मन्त्रालयमा बहाल हुनेछन्।
मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी भएकाले नयाँ जिम्मेवारीमा काफ्ले आएका हुन्। रासस