अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा स्वास्थ्यमा समस्या भएको भन्दै वीर अस्पताल पुगेका छन्। उनलाई अख्तियारको टोली सोमबार दिउँसो वीर अस्पताल ल्याएको हो।
‘उहाँ नियमित चेकअपका लागि वीर अस्पताल जानुभएको हो’, अख्तियारका प्रवक्ता सहसचिव जीवराज कोइरालाले भने, ‘भर्ना हुनुहुन्छ कि फर्कनुहुन्छ भन्ने अझै टुंगो भएको छैन। डाक्टरको सल्लाह अनुसार गर्नुहुन्छ होला।’
गत शुक्रबार अख्तियारको टोलीले शर्मालाई पक्राउ गरेको थियो। विशेष अदालतले आइतबार शर्मालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।